काठमाडौं । विभिन्न हिमाल आरोहणका लागि २९६ जनाले पर्यटन विभागबाट अनुमति लिएका छन् । जारी सिजनका लागि ३६ वटा समूहले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।
जसमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि १६० जना, अन्नपूर्ण हिमाल आरोहणका लाग ४४ जनाले विभागबाट अनुमति लिएका छन् ।
त्यसैगरी लोत्से हिमालका लागि ३९ जना, नुप्से हिमालका लागि २३ जना, धौलागिरि हिमालका लाग १५ जना, मकालु हिमालका लागि ८ जनाले अनुमति लिएका छन् ।
त्यसैगरी पुमोरी हिमालका लागि ५ जना र टुकुचे र मनास्लु मिहालका लागि १÷१ जनाले विभागबाट अनुमति लिएका छन् ।
विभागले यी सबैबाट हालसम्म २२ करोड ७७ लाख १ हजार ४५९ रुपैयाँ राजस्व संकलन गरेको छ ।
SHARE YOUR THOUGHTS