काठमाडौँ । धितोपत्र बजारमा बजार बजार पूँजीकरण नेपालको जीडीपीको आकारको नजिक पुगेको छ ।
मंगलबार बजार पूँजीकरण ३६ खर्ब ९४ अर्ब ४२ करोड पुगेको हो । हाल नेपालको कुल जीडीपी ३९ खर्ब ४३ अर्ब ७० करोड पुगेको छ ।
केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय लेखा तथ्यांकको रिबेसिङ गरेपछि जीडीपीको आकार बढेको थियो । विगतमा लिइएको आधार वर्षलाई प्रतिस्थापन गरी नयाँ सन् २०१० लाई नयाँ आधार वर्ष तय गरेको थियो ।
मंगलबार नेप्से परिसूचक पनि हालसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५।७२ अङ्कले बढेर २६७४।४६ मा पुगेको छ ।
कूल २१३ कम्पनीको एक करोड ६१ लाख आठ हजार ४९९ कित्ता शेयर रु सात अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ मूल्यमा खरिद बिक्री भए ।
SHARE YOUR THOUGHTS