नेपाल लाइफको ‘स्टक स्प्लिट’ को आवेदन बीमा समितिद्वारा अस्वीकार « Eglish Khabarhub

नेपाल लाइफको ‘स्टक स्प्लिट’ को आवेदन बीमा समितिद्वारा अस्वीकार



काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सको ‘स्टक स्प्लिट’ को आवेदन अस्वीकार गरेको छ । समितिले नेपालमा हालसम्म स्टक स्प्लिटको मापदण्ड तथा नीति नियमन नभएको भन्र्दै कम्पनीको आवेदन फिर्ता गरेको हो ।

कम्पनील प्रतिकित्ता १०० रुपैयाँ मूल्यको सेयर खण्डिकरण गरेर ५० रुपैयाँ प्रतिकित्ता र एक कित्ता सेयरको संख्यालाई २ बनाउन खोजेको थियो ।

जसका लागि कम्पनीले आफ्नो २०औं वार्षिक साधारणसभामा स्टक स्प्लिट अर्थात् सेयर खण्डिकरणको प्रस्ताव गरेको थियो ।

सो प्रस्ताव माघ २८ गते सम्पन्न कम्पनीको साधारण सभाले पारित गरी स्वीकृतिका लागि बीमा समितिमा निवेदन गरेको थियो ।

तर, समितिले भने नेपालमा हालसम्म ‘स्टक स्प्लिट’ को मापदण्ड र सो सम्बन्धी कुनै नीति नियम नभएको भन्र्दै आवेदन अस्वीकार गरिएका बीमा समितिका एक अधिकारीले बताए ।

धेरैलाई मालिक बनाउने नेपाल लाइफको ‘स्टक स्प्लिट’ रणनीति, लगानीकर्तालाई फाइदा के ?

‘नेपालमा हालसम्म ‘स्टक स्प्लिट’ भएको छैन्, भने सो सम्बन्धी कुनैपनि मापदण्ड निर्माण गरिएको छैन,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘कम्पनीलाई समितिले अहिले ‘स्टक स्प्लिट’ स्वीकृति नदिनुका कारण खुलाएर यही साता नै पत्र पठाइसकेको छ, भने त्यमा थप छलफल पनि हुन्छ ।’

कम्पनीले ‘स्टक स्प्लिट’ स्वीकृतिका लागि आवेदन दिँदा कुन प्रयोजनका लागि गर्ने र त्यो गर्दा कुन पक्षलाई फाइदा हुन्छ लगायत निवेदनमा स्पष्ट उल्लेख नगरेको समितिको भनाइ छ । उनले कुनै पनि सैद्दान्तिक आधार नभएको हुँदा आवेदन रद्द गरी कम्पनीमा पत्र पठाइएको जानकारी दिए । स्टक स्प्लिट गर्दा कम्पनीमा लगानीकर्ता बढी व्यवस्थापनमा समस्या आउन सक्ने उनको भनाइ छ ।

कम्पनीले भने समितिलेमा स्वीकृतिको आवेदन दिँदा नै कम्पनी रजिस्टार कार्यालयमा ‘स्टक स्प्लिट’का लागि प्रबन्धपत्र नियमावली संशोधन गर्न कम्पनी रजिष्ट्रार कार्यालयमा आवेदन दिइसकेको थियो । जुन हालसम्म प्रक्रियामा नै रहेको कम्पनीले जनाएको छ ।

Publish on: