३४३ जनाले लिए हिमाल आरोहणको अनुमति, साढे २७ करोड राजस्व संकलन « Eglish Khabarhub

३४३ जनाले लिए हिमाल आरोहणको अनुमति, साढे २७ करोड राजस्व संकलन



काठमाडौं । वसन्त ऋतुको सिजनमा हिमाल आरोहणका लागि ४० वटा समूहका ३४३ जनाले पर्यटन विभागबाट अनुमति लिएका छन् । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रमा सकारात्मक संकेतका रुपमा यो देखिएको छ ।

हालसम्म सबैभन्दा बढी सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् ।

विभागले आरोहणको अनुमति दिएवापत २७ करोड ५२ लाख १० हजार ४९९ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणको अनुमतिबाट मात्रे २४ करोड ७७ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

Publish on: