काठमाडौं । कम्पनीको प्राथमिक सेयर निष्कासन (आइपीओ)का लागि थप ३ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
बोर्डका अनुसार तीन वटा कम्पनीहरु बलेपी हाइड्रोपावर, ग्रीन भेञ्चर लिमिटेड, अपर सोलू हाइड्रो इलेक्ट्रक कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति दिएका हुन् ।
यी कम्पनीसँगै अहिले आइपीओ निष्कासनको पाइपलाइनमा रहेका कुल कम्पनीको संख्या १६ पुगेको छ ।
बलेपी हाइड्रोपावर कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रीन भेञ्चर लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि ६२ लाख २५ हजार कित्ता र अपर सोलू हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ लाख ७ हजार ५०० कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका हुन् ।
कुल १६ कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख १८ हजार ५०० रुपैयाँ बराबरको ५ करोड ८८ लाख ५० हजार १८५ कित्ता आइपीओ निष्कासन गर्ने अन्तिम तयारीमा छन् ।
SHARE YOUR THOUGHTS