३२ करोड खर्चेर राष्ट्र बैंकले गर्दैछ नोटको आगो ताप्न पाइने व्यवस्था, साढे ५ खर्ब नोट खरानी « Eglish Khabarhub

३२ करोड खर्चेर राष्ट्र बैंकले गर्दैछ नोटको आगो ताप्न पाइने व्यवस्था, साढे ५ खर्ब नोट खरानी


२६ चैत्र २०७७, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अब भुक्रिएर चलनचल्तीमा नजाने नोट प्रयोगमा आउने भएका छन् । नेपाल राष्ट्र बैंक च्यातिएका, झुत्रिएका फोहोर भएर चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई पुनः प्रयोगमा ल्याउन नोट सेडिङ मेसिन भित्र्याउन लागेको हो ।

हालसम्म यसरी बजारमा चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई राष्ट्र बैंकले जलाएर नष्ट गरिरहेको छ । तर, अब जलाएर खरानी बनाइने नोटलाई मेसिनले टुत्राएर ब्रिकेट बनाइ इन्धनको रुपमा पुनः प्रयोगमा ल्याइने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

यसरी ब्रिकेट बनाइसकेपछि आम सर्वसाारणले नोटबाट बनेको ब्रिकेटको आगो ताप्न पाउने छन् ।

जसका लागि राष्ट्र बैंकले गत वर्ष माघमै नेदरल्याण्डको कस्पर इनजियरिङ कम्पनीसँग ३० लाख ५२ हजार ८६९ युरोमा ८ वटा मेसिन खरिदको सम्झौता गरिसकेको छ ।

बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबीएस) नामक सो मेसिनलाई राष्ट्र बैंकले प्रतिगोटा ३ लाख ८१ हजार ६१२ युरो अर्थात् सम्झौता गरिएको दिनको विदेशी विनियमदर अनुसार करिब ४ करोड रुपैयाँमा खरिद गरेको हो ।

नोन जलन प्रक्रियालाई आधुनिकिकरण गर्दै सो मेसिनमार्फत् नोट टुक्र्याउने र पुनः प्रयोगमा ल्याउने कामको प्रक्रया थालिएको प्रवक्ता ढकालले बताए ।

‘हालसम्म राष्ट्र बैंकले परम्परागत रुपमा चलनचल्तीमा पठाउन नमिल्ने झुक्रा नोटलाई नोट जलन नियमअनुसार आगो लगाएर भट्टीमा जलाउने गरिएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘यसले वातावरण प्रदुषण हुने, प्रक्रिया झन्झटिलो हुनुका साथै धेरै जनशक्ति खर्चिनु पर्ने हुन्थ्यो, अब राष्ट्र बैंकले नोट जलन कार्यलाई आधिुनिकीकरण गर्दै नोट टुक्र्याएर ब्रिकेट बनाउने नोट सेडिङ मेसिन राख्ने काम शुरु गरिएको हो ।’

नोट प्रमाणिकरण गर्ने मेसिनले चलनचल्तीमा पठाउन मिल्ने नोट, झुत्रो नोट र सक्कली नक्कली नोट छुट्याएपछि झुत्रो नोटलाई उक्त मेसिनमा राखेर टुक्र्याएर ब्रिकेटमा परिणत गरेर इन्धनको रुपमा पुनः प्रयोगमा ल्याइने उनले बताए ।
नोटलाई ब्रिकेट बनाउने यस्तो छ प्रक्रिया

उक्त मेसिनले एक पटकमा २ सय बण्डल अर्थात् करिब २० लाख थान नोट झुत्रो बनाउँछ । मेसिनको पहिलो भागले चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई धुलो बनाएर टुक्राउँछ । मेसिनको अर्को भागले धुलो भएको नोटको टुक्रालाई बिक्रेट अर्थात् इट्टाजस्तो बनाएर निकाल्छ । सो बिक्रेटलाई इट्टाभट्टामा इन्धनको रुपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता ढकालले जानकारी दिए । यस्तो प्रकारको ब्रिकेट जाडोयाममा आगो ताप्न समेत प्रयोग हुने बताइएको छ ।

नोट शत प्रतिशत कटनद्वारा निर्माण हुने भएकाले यसलाई टुत्राएर ब्रित्रेट बनाइ इन्धनको स्रोतका रुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ ।

हाल बजारमा ६ खर्ब २१ अर्ब रुपैयाँ बराबरका विभिन्न दरका नोट बजारमा चलनचल्तीमा छन् । राष्ट्र बैंकको नोट जलन समितिले चलनचल्तीमा पठाउन नमल्ने नोट लाई प्रक्रिया पुरा गरी राष्ट्र बैंकको थापाथली, नेपालगञ्ज, वीरगञ्ज, पोखरा, विराटनगर, धनगढी, जनकपुर तथा भैरहवा शाखा कार्यालयहरुमा जलाउने जलाइरहेको छ ।

यसरी राष्ट्र बैंकले हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत् प्राप्त ५ खर्ब ४८ अर्ब रुपैयाँ चलनचल्तीमा पठाउन नमिल्ने झुत्रा नोट जलाइसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ ।

यसरी पराम्परागत रुपमा आगो लगाएर जलाउने प्रक्रियालाई आधुनिक प्रविधिमा ढाल्दै राष्ट्र बैंकले सोही नोटको पुन प्रयोग गर्न लागेको हो ।

राष्ट्र बैंकले नेदरल्याण्ड सो कम्पनीसँग खरिद सम्झौता गरे अनुसार पहिलो चरणमा कम्पनीले ४ वटा मेसिन नेपाल पठाइसकेको छ ।

जुन मेसिन विरगञ्ज भन्सार आइपुगेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ । सो मेसिन पैसा टुत्राउने पहिलो चरण राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरु बिराटनगर, बिरगञ्ज, काठमाडौं र नेपालगञ्जमा जडान हुने बताइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार ००:००  ३ : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping