नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको अध्यक्षमा रवीन्द्र श्रेष्ठ चयन

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको अध्यक्षमा रवीन्द्र श्रेष्ठ चयन


काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बीमा संस्थानको ८औं केन्द्रीय अधिवेशनले १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

लमजुङको घलेगाउँमा चैत्र २७ र २८ गते सम्पन्न भएको अधिवेशनले रविन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा अर्जुन पराजुली, महिला उपाध्यक्षमा कमाला बस्नेत, महासचिवमा कृष्ण प्रसाद प्याकुरेल चयन भएका छन् ।

त्यस्तैगरी उप–महासचिवमा धुव्र रेग्मी, सचिवमा वासु दाहाल, सह–सचिवमा रमेश उपाध्याय, कोषाध्यक्षमा शोभा पन्थी, सह–कोषाध्यक्षमा पशुपति दंगाल चयन भएका छन् ।

सदस्यहरुमा बालकृष्ण अधिकारी, विमल घिमिरे, रामप्रसाद मिश्र, हम बहादुर सरुमगर, सरिता भट्टराई, दिपेन्द्र प्रसाद गुप्ता, राजकुमार भडेल, नारायण गिरी चयन भएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीले संघले चाल्नुपर्ने कदमहरु, भावी रणनीति तथा युनियनको भूमिकाबारे प्रष्ट पार्दै एकाकार भई संगठनात्मक हितलाई सर्वोपरी ठानेर सम्पूर्ण कर्मचारीहरुको हकहित, वृति विकासका लागि अगाडि बढ्न नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बीमा संस्थानका कार्यसमितिलाई आग्रह गरे ।