काठमाडौं । आइतबार दिउँसो शिवपुरी जंगलमा लागेको आगो सिम्रिक एयरले आफ्नै खर्चमा निभाएको छ ।
सिम्रिक एयर सामाजिक उत्तरदायित्व अन्तर्गत ७ लाख रुपैयाँभन्दा बढी बराबरको आफ्नै खर्चमा पानी लगेर निभाएको हो ।
कम्पनीका अनुसार ९एन–एएलपी कल साइन भएको हेलिकोप्टरले शिवपुरी राष्ट्रिय निकुञ्जमा लागेको आगो निभाएको हो । क्याप्टेन सिद्धार्थजंग गुरुङ र पाइलट इन कमाण्ड क्याप्टेन सुरेन्द्र पौडेलको नेतृत्वमा ‘बम्बी बकेट’बाट पानी लगेर निभाएको हो । कम्पनीले यसका लागि २ वटा हेलिकोप्टरले २२ पटक पानी ओसारेका थिए ।
हेलिकोप्टरे वासिखु नारायणथानमा रहेको माछापोखरी, सुन्दरी जल र सब्रिना होटलबाट पानी ओसारेर जंगलमा खसालेका थिए ।
SHARE YOUR THOUGHTS