इटलीको ट्रेटोरियाबाट प्रेरित मिन्टको नयाँ स्वाद अब ‘भिभान्ता’मा « Eglish Khabarhub

इटलीको ट्रेटोरियाबाट प्रेरित मिन्टको नयाँ स्वाद अब ‘भिभान्ता’मा



काठमाडौं । ललितपुरको भिभान्ता होटलमा अब इटलीको ट्रेटोरियाबाट प्रेरित मिन्टको नयाँ स्वादका परिकार खान पाइने भएको छ ।

मेन्युमा मेडिटेरेनियन, क्लासिक अमेरिकानो, इन्डियन सब–कन्टिनेन्ट र स्थानीय नेपाली स्वादको व्यञ्जन समावेश हुनेछ ।

होटल ‘भिभान्ता काठमाडौं’ले आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदा परिकारमा नयाँ स्वाद पस्केको हो ।

कोरोना महामारीमाबाट प्रभावित आतिथ्य क्षेत्र पुरानो लयमा फर्कंदै गरेको अवस्थामा होटलले स्वाद ग्रन्थिलाई मिल्दो र आनन्दित बनाउने विश्वभरको मसला र स्वादले भरिएको मेन्यु प्रस्तुत गरेको छ ।

मेन्यु सुगन्धित र स्वादपूर्ण इन्डियन तथा कन्टिनेन्टल व्यञ्जनले भरिएको होटलको भनाइ छ । होटलका सेफ हसमोइन पेटल र टिमको वर्षौंको अनुभव मिन्टमा उपलब्ध यो मेन्युमा पाउन सकिनेछ ।

‘मिन्टको मेन्युमा मेरो प्रिय क्याफे व्यञ्जन समावेश छ । हाम्रो अवधारणा क्युजिनको असंख्य विकल्पबाट स्वादिलो डाइनिङ अनुभव दिनु हो,’ एक्जुकेटिभ सेफ पटेलले भने ।

होटलका फुड एन्ड बेभरेज म्यानेजर इसाकीकुमार कोनारका अनुसार अतिथिलाई विश्वभरको फ्लेभर भरिपूर्ण युरोपेली बिस्ट्रोमार्फत् आनन्दित डाइनिङ अनुभव दिने भिभान्ताको योजना छ ।

भिभान्ताले स्विर्ल नामको बेकरी सेन्टर पनि चाँडै रिलन्च गर्ने योजना बनाएको छ । यस्तै अल्फ्रेस्को नामको बारलाई नेपाली अवतार दिने योजना छ ।

‘नुन एन्ड मरिच’ नाम दिएर त्यहाँ नेपाली खाना नेपाली शैलीमा प्रस्तुत गरिनेछ । स्थानीय उत्पादन प्रयोग गरी तयार पानी स्थानीय स्वादको खाना पाइने नुन एन्ड मरिच अप्रिल २४ तारिखमा लन्च हुनेछ । साथै, अकारी र कोको नामक रुफटप बारको नयाँ मेन्यु अप्रिल १७ मा लञ्च हुनेछ ।

Publish on: