सिटिजन्स बैंकका ग्राहकहरुले किङ्स लाउञ्जमा विशेष छुट प्राप्त गर्ने « Eglish Khabarhub

सिटिजन्स बैंकका ग्राहकहरुले किङ्स लाउञ्जमा विशेष छुट प्राप्त गर्ने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्ड भएका ग्राहकले दरबारमार्गस्थित किङ्गस् लाउञ्जमा विशेष छुट पाउने भएका छन् ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

साथै बैकले हालैमा यूएसडी इ-कम कार्डको सुरुवात गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी वार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् ।

यसरी लोड गरिएको रकम बिदेशी मुद्रामा अनलाइनमार्फत् वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सक्नेछन् ।

Publish on: