काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आइतबार पोखरा स्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट सहयोग प्रदान गरेको छ ।
सोही दिन क्यापिटलले अर्को सामाजिक संस्था कर्म फ्लाइट्स फाउण्डेसनलाई थप १० वटा कम्प्युटर सिपियु सहयोग वितरण गरेको छ ।
क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच बिस्तार होस भन्ने उद्देश्य विद्यालय तथा फाउण्डेसनलाई सहयोग वितरण गरेको हो ।
कार्यक्रमका अतिथि प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले प्रभु क्यापिटलको यो सानो सहयोगले दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु माझ कम्प्युटरको प्राविधिक ज्ञान अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने विश्वास रहेको बताए ।
यसै गरी कार्यक्रमका प्रमुख अतिथि प्रभु क्यापिटलका लगानी हेड भवन कर्माचार्यले क्यापिटलले आफ्नो व्यवसायको सञ्चालनका साथै सामाजिक क्षेत्रमा पनि सक्दो योगदान गर्दै आएको र आगामी दिनहरुमा पनि आवश्यक क्षेत्रमा कम्पनीले यस्तो कार्यलाई निरन्तरता दिइने बताए ।
प्रभु क्यापिटलले वितरण गरेको १० वटा सिपियुलाई कर्म फ्लाइट्स फाउण्डेसनले मनिटरको समेत व्यवस्था गरी ५ वटा बाग्लुङ्ग र ५ वटा गोरखाका विद्यालयहरुमा वितरण गर्ने जानकारी कार्यक्रममा कर्म फ्लाइट्स फाउण्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले दिए ।
SHARE YOUR THOUGHTS