काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारण सेयर (आइपीओ) निष्काशनको प्रक्रिया अघि बढाएको छ । आइपीओ निष्काशन गर्नुभन्दा अघि रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार कम्पनीले रेटिङ गराएको छ ।
केयर नेपालले सानिमा लाइफले निष्काशन गर्न लागेको आइपीओलाई त्रीपल बी माइनस रेटिङ दिएको छ । जसले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा कम्पनी मध्यम सुरक्षित छ भन्ने संकेत गर्छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६० करोड बराबरका ६० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आइपीओ निष्काशन गरेपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
SHARE YOUR THOUGHTS