काठमाडौं । सोमबार नेप्से परिसूचक १७.२० अंकले बढेर हालसम्मकै सबैभन्दा उच्च विन्दु २६९१.५६ अंकमा पुगेको छ ।
आज १२५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज विभिन्न कम्पनीको १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता सेयर ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ४९ रुपैयाँ ७२ पैसामा कारोबार भएको छ ।
यो दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा एनआइसी एसिया लघुवित्त, महिला लघुवित्त, छ्याङदी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंक छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा सानजेन जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, युनिभर्सल पावर र रसुवागढी हाइड्रोपावर कम्पनी छन् ।
SHARE YOUR THOUGHTS