काठमाडौं । पटक–पटक सूचना प्रकाशित गर्दा पनि काठमाडौं प्लाजाको भवन खाली गर्न अटेरी गरेको कन्सेप्ट डेभलपर्स प्रालिका विरुद्धनेपाल ट्रष्टको कार्यालयले कानूनी कारबाही अघि बढाउने भएको छ ।
सम्झौता सकिएको लामो समयसम्म पनि कन्सेप्ट डेभलपर्सले काठमाडौं प्लाजाको भवन खाली गरेको छैन ।
नेपाल ट्रष्टको कार्यालय मातहतमा रहेको भवनलाई मन्त्रिपरिषदले काठमाडौं महानगरपालिकालाई भाडामा दिन स्वीकृति दिइसकेको छ। महानगरले मासिक ६० लाख ५० हजार रुपैयाँमा भाडामा लिने सम्झौता गरिसकेको छ ।
यता नेपाल ट्रष्टको कार्यालयका सचिव सुरेश आचार्यले बैशाख १ गते (भोलि) ४ बजे दिउँसो प्रहरी नै लगाएर भवन सिल गर्ने बताए ।
‘पटक पटक ताकेता गर्दा पनि भवन खाली भएको छैन अब हामी कानूनी कारबाही अघि बढाउँछौं,’ आचार्यले भने ।
उनले नेपाल ट्रष्टले कन्सेप्ट डेभलपर्सको प्रालिसँग सम्झौता भएकाले अन्य कार्यालयसँग सरोकार नहुने बताए । कन्सेप्ट डेभलपर्ससँगकोसम्झौता गत असार २ गते सकिएको छ । त्यसयता कम्पनीले भवन खाली गर्नुपर्ने भए पनि खाली गरेको छैन ।
पूर्वराजा बीरेन्द्र शाहको नाममा रहेको काठमाडौं प्लाजालगायतका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको कार्यालयको मातहतमा ल्याइएकोथियो । त्यसयता काठमाडौं प्लाजा नेपाल ट्रष्टको कार्यालयको मातहतमा छ ।
आचार्यले कम्पनीका विरुद्ध कानूनी कारबाही अघि बढाउने र प्रहरी लगाएर सम्पूर्ण भवन सिल गर्ने जानकारी दिए ।
SHARE YOUR THOUGHTS