दर्जन बढी बैंकले घटाए कर्जाको ब्याजदर, कुन बैंकको कति ? (सूचीसहित) « Eglish Khabarhub

दर्जन बढी बैंकले घटाए कर्जाको ब्याजदर, कुन बैंकको कति ? (सूचीसहित)


३१ चैत्र २०७७, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अधिकांश बैंक तथा वित्त कम्पनीले कर्जाको ब्याजदर घटाएका छन् । गत पुस मसान्तमा कायम रहेको दरमा बैंक तथा वित्त कम्पनीले ०.०७ प्रतिशतदेखि १ प्रतिशतसम्म बैशाख महिनादेखि लागू हुने बेसरेटमा घटाएका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई कर्जा तथा निक्षेपको ब्याजदर परिवर्तन गर्दा दर लागू हुने महिनाको अघिल्लो महिना मसान्तमै सार्वजनिक गर्न निर्देशन दिएका छन् । जसअनुसार अधिकांश बैंक तथा वित्त कम्पनीले २०७८ बैशाखदेखि लागू ब्याजदर चैत मसान्तमै सार्वजनिक गरेका छन् ।

यदि बैंक तथा वित्त कम्पनीको कर्जाको (आधारदर) परिवर्तनले ब्याजदर थप घट हुन्छ । कर्जा दिनअघि कुन बैंकको बेसरेट कति छ भनेर निर्क्याौल गर्न आवश्यक हुन्छ । जसमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गरेका हुन्छन् ।

प्रायः जसो बैंक तथा वित्त कम्पनीले त्रैमासिक रुपमा आफ्नो बेसरेट परिवर्तन गर्ने गर्छन् । हाल २७ वाणिज्य बैंक, १८ विकास बैंक र २२ वित्त कम्पनी गरी ६७ वटा बैंक तथा वित्त कम्पनी सञ्चालनमा छन् । जसमध्ये चालु आर्थिक वर्षको तेस्रो त्रैमासपछि लागु हुने गरी अर्थात् ०७८ बैशाख १ गतेदेखि लागू हुने गरी २९ वटा बैंक तथा वित्त कम्पनीले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

नयाँ ब्याजदर सार्वजनिक गर्नेमा १९ वाणिज्य बैंक, ६ विकास बैंक र ४ वटा वित्त कम्पनी छन् । जसमध्ये २ वटाले ब्याजदर बढाएका छन् भने १३ वटाले घटाएका छन् र ९ वटाले पुस मसान्तमै कायम बेसरेट कायम गरी कर्जाका प्रोडक्टअनुसार ब्याजदर सार्वजनिक गरेका छन् ।

कुन बैंकले कतिले घटाए ब्याजदर ?

चैत मसान्तमा २९ वटा बैंक तथा वित्त कम्पनीले सार्वजनिक गरेको बेसरेटमध्ये १३ वटाले घटाएका छन् ।

जसमा वाणिज्य बैंकहरुतर्फ पुस मसान्तमा सार्वजनिक बेसरेटभन्दा नबिल बैंकले ०.२७ प्रतिशतले घटाएर ५.४९ प्रतिशत, नेपाल एसबीआए बैंकले ०.१७ प्रतिशतले घटाएर ७.३२ प्रतिशत, एभरेष्ट बैंकले ०.१३ प्रतिशतले घटाएर ६.२१ प्रतिशत र बैंक अफ काठमाण्डूले ०.०७ प्रतिशतले घटाएर ६.६० प्रतिशत बैशाख महिनादेखि लागु हुने गरी कायम गरेको छ ।

यस्तै, पुस मसान्तमा कायम बेसरेटभन्दा सिद्धार्थ बैंकले ०.४५ प्रतिशतले घटाएर ६.९३ प्रतिशत, कृषि विकास बैंकले ०.१८ प्रतिशतले घटाएर ७.४९ प्रतिशत, सनराइज बैंकले ०.१७ प्रतिशतले घटाएर ७.१७ प्रतिशत, मेगा बैंकले ०.९१ प्रतिशतले घटाएर ६.६७ प्रतिशत र सेञ्चुरी बैंकले ०.२३ प्रतिशतले घटएर ७.६८ प्रतिशत बैशाख महिनादेखि लागु हुने गरी कायम गरेको छ ।

विकास बैंकहरुतर्फ पुस मसान्तमा कायम गरेको बेसरेटमा सांग्रिला डेभलपमेन्ट बैंकले ०.४३ प्रतिशतले घटाएर ८.४० प्रतिशत, महालक्ष्मी विकास बैंकले ०.४४ प्रतिशतले घटाएर ७.९८ प्रतिशत र मुक्तिनाथ विकास बैंकले ०.५३ प्रतिशतले घटाएर ७.८५ प्रतिशत बैशाखदेखि लागु हुने गरी कायम गरेको छ । सो अवधिमा कर्णली डेभलपमेन्ट बैंकले ०.०७ प्रतिशतले बढाएर ७.१० प्रतिशत बैशाख महिनादेखि लागु हुने गरी कायम गरेको छ ।

यस्तै, वित्त कम्पनीतर्फ भने पोखरा फाइनान्सले पुस मसान्तमा कायम गरेको बेसरेटमा ०.३ प्रतिशतले घटाएर ८.९९ प्रतिशत बैसाख महिनादेखि लागु हुने गरी कायम गरेको छ भने सिटी एक्प्रेस फाइनान्सले ०.०१ प्रतिशतले बढाएर ८.४८ प्रतिशत बैशाख महिनादेखि लागु हुने गरी कायम गरेको छ ।

बेसरेट नबढाउने बैंक तथा वित्त कम्पनीहरु

बैंक तथा वित्त कम्पनीले सार्वजनिक ब्याजदरअनुसार गत पुस मसान्तमा कायम बेसरेटलाइ नै बैशाख महिनामा पनि कायम गर्नेमा ६ वटा वाणिज्य बैंक छन् । जसमा नेपाल बैंक ६.१९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ५.६१ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.०७ प्रतिशत, हिमालयन बैंक ६.८३ प्रतिशत, प्राइम बैंक ७.८५ प्रतिशत र प्रभु बैंक ७.२४ प्रतिशत रहेका छ ।

तर, चैत मसान्तमा बैशाख महिनादेखि लागु हुने गरी कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सावैजनिक गरेपनि एनएमबी बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले भने सो समयदेखि लागु हने नयाँ बेसरेट प्रकाशित गरेका छैनन् ।

कुन  बैंक तथा वित्त कम्पनीको कति ?

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार ००:००  १ : ३७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping