![](https://internal.appharu.com/wp-content/uploads/2020/12/share_Market_bull.jpg)
यो दिन १०६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता सेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आजको दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा एनआइसी एशिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा लक्ष्मी लघुवित्त, ग्लोवल आइएमई लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, इन्फिनिटी लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्स छन् ।
कारोबार रकमका आधारमा नबिल बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल बंगलादेश बैंक छन् ।
उपसमूहतर्फ विकास बैंकको परिसूचक ३.४१ अंकले बढेको छ ।
SHARE YOUR THOUGHTS