काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेकोे छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो भने मंगलबार ९० हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ थियो भने मंगलबार पनि सोही मूल्य कायम भएको छ ।
SHARE YOUR THOUGHTS