काठमाडौं । चन्द्रागिरि हिल्सले कोरोना विरुद्धको खोप लगाइसकेका आगन्तुकलाई चन्द्रागिरि केवलकारको टिकटमा २५ प्रतिशत छुट दिने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने छ ।
कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी उद्देश्यले छुट प्रदान गरिएको कम्पनीको भनाइ छ ।
यो योजना वैशाख ९ गतेदेखि शुरु भइ जेठ १७ सम्मका लागि मान्य हुनेछ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
कम्पनीले यसअघि चन्द्रागिरि हिल्सको आइपीओ भर्नेलाई एक वर्षसम्म २५ प्रतिशत छुट दिने घोषणा गरेको थियो ।
SHARE YOUR THOUGHTS