वायुसेवा सञ्चालक संघले भन्यो- हवाई यात्रा सुरक्षित छ यात्रा गर्नुहोस् « Eglish Khabarhub

वायुसेवा सञ्चालक संघले भन्यो- हवाई यात्रा सुरक्षित छ यात्रा गर्नुहोस्



काठमाडौं । काठमाडौं उपत्यका तथा विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा भए पनि हवाई उडान भने सञ्चालन हुने सरकारको निर्णय पछि वायुसेवा सञ्चालक संघले हवाई उडान सुरक्षित भएकाले ढुक्क भइ यात्रा गर्न आग्रह गरेको छ ।

वायुसेवा संघले सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवम् नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमोदिन कोभिड सम्बन्धि मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी यात्रुलाई सेवा उपलब्ध गराउने भएकाले हवाई उडान सुरक्षित रहेको दावी गरेको हो ।

संघले सम्पूर्ण यात्रुलाई सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी हवाई यात्राका लागि हार्दिक अपिल समेत गरेको छ ।

सरकारले निषेधाज्ञाको अवधिमा पनि अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरे पनि हवाई उडान भने सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

यात्रुहरुको हकमा पनि हवाई टिकट र परिचय पत्रका आधारमा विमानस्थल आउन र जान दिने समेत निर्णय सरकारले गरिसकेको छ । काठमाडौंको हकमा यात्रु ल्याउन र लैजानका लागि साझा यातायातका सवारी साधन प्रयोग गर्ने निर्णय समेत भइसकेको छ ।

Publish on: