निषेधाज्ञामा पनि उद्योग सञ्चालन गर्न पाइने, विभागको अनुमति लिनुपर्ने « Eglish Khabarhub

निषेधाज्ञामा पनि उद्योग सञ्चालन गर्न पाइने, विभागको अनुमति लिनुपर्ने



काठमाडौं निषेधाज्ञाको समयमा पनि उद्योग सञ्चालन गर्न पाउने सहमति भएको

बुधबार नेपाल उद्योग वाणिज्य महासंघ,  उद्योग सचिव अर्जुन पोख्रेल, वाणिज्य सचिव दिनेश भट्टराई, काठमाडौं, भक्तपुर ललितपुर गरी तीन वटै जिल्लाका सीडीओ तथा उद्योग वाणिज्य क्षेत्रका संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिबीच भएको छलफलपछि उक्त सहमति भएको हो

जसमा अत्यावश्यकीय वस्तु उत्पादन गर्ने उद्योगका कर्मचारीको आवगमनका लागि सम्बन्धित उद्योगले जारी गरेको परिचय पत्रसँगै उक्तउद्योगले निषेधाज्ञा अवधिभर  काम गर्न लगाइएको व्यहोराको आधिकारिक पत्र समेत कर्मचारीलाई उपलब्ध गराउनुपर्नेछ

साथै उक्त उद्योगले उत्पादन गरेको सामानको विवरण खुलाई अत्यावश्कीय वस्तु भएको यसको उत्पादन ढुवानीमा सम्बन्धित कर्मचारी संलग्न भएको व्यहोरा समेत उल्लेख भएको हुनुपर्नेछ

उक्त उद्योगका कर्मचारीले परिचय पत्र उक्त पत्र देखाएर आवतजावत गर्न सक्नेछन्

त्यसका साथै अत्यावश्यकीय वस्तु बाहेकका उद्योगले सञ्चालन गर्न चाहेमा अनुमतिका लागि उद्योग विभागमा निवेदन दिनुपर्नेछ

उक्त निवेदनका आधारमा उद्योग विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उद्योग सञ्चालन कर्मचारीको आवागमनका लागि अनुमति प्रदान गर्न पत्र पठाउनेछ

यसरी त्यस्ता उद्योगले निषेधाज्ञा अवधिभर कर्मचारीलाई उद्योगको काममा लगाइएको आधिकारिक पत्र कर्मचारीलाई उपलब्ध गराउनुपर्नेछ

त्यस्तो पत्रमा उद्योग विभागको सिफारिसमा उक्त उद्योग सञ्चालनमा आएको सम्बन्धित कर्मचारी संलग्न भएको उल्लेख गरेको हुनुपर्नेछ त्यस्ता उद्योगमा काम गर्ने कर्मचारीले उक्त पत्र उद्योगको परिचय पत्र देखाएर आवतजावत गर्न सक्नेछन्


Publish on: