जिप्रका काठमाडौंले मृत्यु संस्कार र अत्यन्तै जरुरी बाहेकका काममा सवारी पास नदिने « Eglish Khabarhub

जिप्रका काठमाडौंले मृत्यु संस्कार र अत्यन्तै जरुरी बाहेकका काममा सवारी पास नदिने


१६ बैशाख २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेकका काममा सवारी पास नदिने निर्णय गरेको छ ।

कार्यालयबाट बिहीबार जारी सूचनामा उक्त जानकारी गराइएको हो ।

कार्यालयले निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था, बीमा लगायतका नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थाका कर्मचारीहरु, एयरपोर्टमा जाने आउने यात्रुहरुको हकमा सवारी पास आवश्यक नपर्ने समेत स्पष्ट पारेको छ ।

यदि उक्त कार्यका लागि कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार ००:००  ५ : १९ बजे