काठमाडौं । निषेधाज्ञाको दोस्रो दिन काठमाडौंबाट विभिन्न गन्तव्यमा ७७ वटा उडान हुँदैछन् ।
पहिलो दिन १०४ वटा उडानबाट ५ हजार ४५३ जनाले काठमाडौं छाडेका थिए । त्यसैगरी त्यती नै उडानबाट २ हजार ८१६ जना काठमाडौं भित्रिएका थिए ।
शुक्रबार पनि हवाई उडान जारी नै रहने त्रिभुवन विमानस्थलले जनाएको छ ।
शुक्रबार सबैभन्दा धेरै बुध्द एयरले काठमाडौंबाट विभिन्न गन्तव्यमा ३० वटा उडान गर्दैछ भने यति एयलाइन्सले २० वटा उडान गर्दैछ ।
साथै, श्रीएयरलाइन्सले १२ वटा, नेपाल एयरलाइन्स र तारा एयरले ४/४ वटा र समिट एयरले २ वटा उडान गर्दैछन् ।
सरकारले निषेज्ञाको समयमा सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाए पनि हवाई उडान यथावत राख्दा मानिसहरु निषेधाज्ञामा पनि आवतजावत गर्न पाएका छन् ।
गत वर्ष लकडाउनको समयमा हवाई उडान बन्द हुँदा कैयन मानिसहरु महंगो पैसा तिरेर सडकमार्ग हुँदै काठमाडौं आउन बाध्य भएका थिए ।
प्रतिक्रिया