सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ आजदेखि, कति भर्ने आवेदन ? « Eglish Khabarhub

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ आजदेखि, कति भर्ने आवेदन ?


१७ बैशाख २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबारदेख् आइपीओ निष्काशन गर्ने भएको छ ।

प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।

यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ ।

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ ।

साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आवमा प्रतिसेयर आम्दानी १३.०५ र प्रतिसेयर खुद सम्पत्ति १३८.७९ रहेको छ ।

कम्पनीले आ.व. २०७५/७६ मा १०.५४ प्रतिशत र २०७६/७७ मा ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आवमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ ।

साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०:३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड  ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन हुने हुँदा इच्छुक लगानीकर्ताले मिति सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् अनलाइनबाट साधारण शेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सीइडीबीको साधारण सेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहनेछ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार  २३० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ००:००  ८ : ४७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping