आन्तरिक र भारतसँगको हवाई उडान बन्द गर्ने सरकारको निर्णय « Eglish Khabarhub

आन्तरिक र भारतसँगको हवाई उडान बन्द गर्ने सरकारको निर्णय



काठमाडौं सरकारले आन्तरिक भारतसँगको हवाई उडान बन्द गर्ने निर्णय गरेको

कोरोना महामारीको जोखिम बढेको भन्दै आन्तरिक हवाई उडान भारतसँगको हवाई उडान बन्द गर्ने निर्णय गरेको मन्त्री पद्मा अर्यालले क्लिकमाण्डूलाई जानकारी दिए

आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २० गते रातिदेखि आन्तरिक उडान र वैशाख २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडानमा अर्को सूचना नभएसम्म रोक लगाउने निर्णय गरेको उनले जानकारी दिइन 

सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ भारत, दक्षिण अफ्रिका र ब्राजिलबाट हुने उडान रोक्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा लागू हुँदा निजी तथा सार्वजनिक सवारीसाधन बन्द भए पनि हवाई उडान यथावत नै थियो

यता भारतमा कोरोनाको संक्रमण उच्च तहमा पुगेकाले हवाई उडान बन्द गरिएको हो ।

Publish on: