कर बुझाउने म्याद बढाउन नाडाको सरकारसँग माग « Eglish Khabarhub

कर बुझाउने म्याद बढाउन नाडाको सरकारसँग माग



काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले कर विवरण तथा कर बुझाउने म्याद थप गरिदिन सरकारसँग माग गरेको छ ।

हाल सरकारले मुलुकका विभिन्न जिल्लामा लागू गरेको निषेधाज्ञाका कारण आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको बताउँदै स्वास्थ्य रक्षाको दृष्टिकोणले पनि व्यवसायीहरु आफनो कार्यालयमा जान सक्ने अवस्था पनि नरहेको नाडाको भनाइ छ ।

नाडाले वैशाख २५ गतेसम्म कर बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका लागि सरकारसँग माग गरेको छ ।

नाडाले सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुले आफना अटोमोवाइल वर्कशपमा रहेका अक्सिजन सिलिण्डर अक्सिजन निर्माण उद्योगहरु मै बुझाइ दिन समेत अनुरोध गरेको छ ।

Publish on: