जापानी मोटरसाइकल निर्माता यामाहाले आफ्नो नेक्स्ट जनरेसन ईओवान इलेक्ट्रिक स्कुटर प्रस्तुत गरेको छ ।
यो इलेक्ट्रिक स्कूटरको प्रोटोटाइप मोडल सन् २०१९ टोकियो मोटर शोमा सार्वजनिक गरिएको थियो । सोही समयदेखि कम्पनीले ईओवान स्कुटर विकासमा केन्द्रित थियो ।
यामाहा ईओवान इलेक्ट्रिक स्कुटर १२५ सीसीका अन्य स्कुटर जस्तै शक्तिशाली भएको कम्पनीको दाबी छ । यो स्कुटर छिट्टै सार्वजनिक हुने सम्भावना छ ।
कम्पनीले नयाँ इलेक्ट्रिक स्कुटरमा फ्यूचरिस्टिक डिजाइन दिएको छ ।
यामाहा ईओवानमा ठूलो एलईडी हेडल्याम्प दिइएको छ । हेडलाइटकोबीचमा चार्जिङका लागि सकेट दिइएको छ । जसका माथि एक ओपनिङ ह्याच लगाइएको छ । जहाँबाट यस स्कुटरलाई सजिलै चार्ज गर्न सकिन्छ । स्कुटरमा एलसीडी इन्स्ट्रमेन्ट क्लस्टर, सिंगल फ्रेम स्टेप्ड–अप पिलियन सिट र स्लिीक इंटिग्रेटेड एलईडी टेल लाईट पाउन सकिन्छ ।
यसले स्कुटरको पछिल्लो भागको डिजाइन निकै आकर्षक देखिएको छ । स्कुटरको पछिल्लो भागमा फेब्रिक कोटिङ गरिएको छ जुन सिटहुँदै टेललाईटसम्म जान्छ । हाल यामाहाले ईओवानको ट्रेडमार्क फाइल गरेको छ । छिट्टै सार्वजनिक गर्ने मिती घोषणा गर्नेछ ।
SHARE YOUR THOUGHTS