कोरोनाको औषधि खरिदमा भ्रष्टाचार भएको नाममा कुरा उछाल्ने काम भयोः प्रधानमन्त्री ओली « Eglish Khabarhub

कोरोनाको औषधि खरिदमा भ्रष्टाचार भएको नाममा कुरा उछाल्ने काम भयोः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा कोरोनाको औषधि खरिदमा भएको भ्रष्टाचार उछाल्ने काम भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले भने,– कोभिडविरद्धको औषधि खरिद जस्ता कुरामा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन खोज्ने देखाउने क्रियाकलाप भए ।’

उनले भ्याक्सिनको अभाव भए पनि भारतपछि दक्षिण एसियामा नेपाल खोप लगाउने पहिलो राष्ट्र भएको समेत दावी गरे ।
उनले सरकारले आफ्ना ध्यान कोभिडको काममा केन्द्रित गर्न चाहेको समेत दावी गरे ।

Publish on: