काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पाटीले नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आह्वान गरेका छन् ।
सोमबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त हस्ताक्षर गर्दै संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रकृया शुरु गर्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विस्वासको मत मागेकोमा मत जुटाउन नसकेपछि वैकल्पिक सरकार गठनको प्रकृया शुरु भएको हो ।
SHARE YOUR THOUGHTS