हिमालयन र इन्भेष्टमेन्ट बैंकले गरे बिग मर्जरको शुरुवात, बन्यो सबैभन्दा ठूलो बैंक « Eglish Khabarhub

हिमालयन र इन्भेष्टमेन्ट बैंकले गरे बिग मर्जरको शुरुवात, बन्यो सबैभन्दा ठूलो बैंक


३० बैशाख २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बैंकिङ क्षेत्रमा बिग मर्जरको शुरुवात भएको छ । बिहीबार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ ।
दिउँसो ३ बजे होटल अलफ्टमा दुबै बैंकका अध्यक्षले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् ।

हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा हिमालयन बैंकका सीइओ अशोक राणा नै रहनेछन् भने डेपुटी सीइओमा इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे रहनेछन् ।

मर्जरपछि बैंकको कुल चुक्तापुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । जुन अहिलेका वाणिज्य बैंकमा सबैभन्दा बढी हो ।
त्यसैगरी निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी रिजर्भमा १९ अर्ब ७४ करोड पुग्नेछ । मर्जरपछि बन्ने बन्ने नयाँ बैंकका कर्मचारीको संख्या २५ सय पुग्नेछ ।

त्यसैगरी हिमालयन बैंकको ६९ वटा शाखा र इन्भेष्टमेन्ट बैंकका ८३ शाखा गरी कुल १५२ वटा शाखा कार्यालय हुनेछन् । जसमा एक दर्जनबढी शाखा कार्यालय एकै स्थानमा हुने भएकाले स्थानान्तरण हुने देखिएको छ ।

मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड’हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ ।

त्यसैगरी मर्जर पछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट ३÷३ जना सञ्चालक नियुक्त हुने र नयॉ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।

‘दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बंैकका अध्यक्षहरुले जानकारी गराउनु भएको थियो,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकमा कर्मचारी व्यवस्थापनको लागि स्वेछिक अवकासको योजना एकीकृत कारोबार अगाडि आउने छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार ००:००  ३ : ३३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping