सिइडिबि हाइड्रोपावरको सेयर बाँडफाँट, २ लाख ३४ हजारले पाए १० कित्ता « Eglish Khabarhub

सिइडिबि हाइड्रोपावरको सेयर बाँडफाँट, २ लाख ३४ हजारले पाए १० कित्ता



काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ ।

शुक्रबार भएको बाँडफाँडमा २ लाख ३४ हजार १९५ जनाले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । यस्तै, थप ४ जनालाई भने थप १ कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले यही बैशाख १७ गते देखि २१ गते सम्म सर्वसाधारणका लागि जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याएर बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

Publish on: