मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो


काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको थियो भने मंगलबार ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको थियो भने मंगलबार ३५ रुपैयाँ बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ ।