प्रि-ओपनमा २६.७२ अंकले बढ्यो नेप्से, ४४ कम्पनीको सेयर मूल्य बढ्यो « Eglish Khabarhub

प्रि-ओपनमा २६.७२ अंकले बढ्यो नेप्से, ४४ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । साताको अन्तिम दिन बिहीबार प्रिओपनिङ सेसनमा नेप्से परिसूचक २६.७२ अंकले बढेर २८०७.५३ अंकमा पुगेको छ ।

प्रि-ओपनिङमा ५९ वटा कम्पनीको कारोबार भएको छ । जसमा ४४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, स्वाभलम्बन लघुवित्त, समता घरेलु लघुवित्त, निर्धान उत्थान वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स, एसिउन लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, माथिल्लो तामाकोसी, रुरु जलविद्युत् परियोजना, युनाइटेड मोदी हाइड्रोलगायतका छन् ।

त्यसैगरी सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनीमा मञ्जुश्री फाइनान्स, एभरेष्ट इन्स्योरेन्स, कामना सेवा विकास बैंक, कालिका पावर कम्पनी, प्रोग्रेसिभ फाइनान्स, लक्ष्मी बैंक कम्पनी छन् ।

Publish on: