काठमाडौं । सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई बिस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानिय सामूदायिक संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आइसीयुलगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले पछिल्लो २ हप्तामा २ करोड रुपैयाँ बराबरको प्रत्यक्ष अनुदान प्रदान गरेको छ ।
ग्रुपले अक्सिजन प्लान्ट र आइसीयु बिस्तारका लागि धुलिखेल अस्पताललाई १ करोड ३५ लाख, प्रदेशहरुमा सामुदायिक समूहको प्रयासको लागि सहयोग स्वरुप ७५ लाख प्रदान गरेको छ ।
त्यसैगरी, नेपाल भेन्टिलेटर सर्भिसलाई हाई फ्लो क्यानुल्स भेन्टिलेटर खरिद गर्न, विरगञ्ज महानगरपालिकामार्फत् विरगञ्ज, पर्सामा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न, ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबमार्फत् संचालित आइसोलेसन सेन्टरका लागि उपकरण र सामाग्री खरिद गर्न सहयोग प्रदान गरेको छ ।
त्यस्तै, विराटनगर, मोरङमा अक्सिजन सहितको आईसोलेसन सेन्टर संचालनको लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई, रोटरी क्लब अफ विर्तामोडलाई, रोटरी क्लब अफ धनगढीलाई, लायन्स क्लब अफ बुटवल मार्फत बुटवल, भैरहवा चेम्बर अफ कर्मशमार्फत् रुपन्देहीमा संचालित अक्सिजन ग्यास भर्न सहयोग प्रदान गरेको छ ।
साथै, देशभरी आफ्नो ग्राहक तथा स्थानीय समूदायका लागि ५ लाख फेस मास्क वितरण गरेको छ ।
जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाहले समूदायलाई आवश्यक परेको बेला सहयोग गर्ने कुरा मानव धर्म रहेको विश्वास गर्छन् ।
स्मरणीय रहोस् श्री शाह नेपालको सबैभन्दा बढी कर तिर्ने ब्यक्तिगत करदाता पनि हुन् ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका गु्रप कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठीन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले ब्यापारिक घरानाहरुले कुनैपनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भाव विकाश गर्नुपर्नेमा जोड दिए ।
SHARE YOUR THOUGHTS