बजेटमा किन ५० प्रतिशत घटाइयो माथिल्लो तामाकोशीको क्षमता ? « Eglish Khabarhub

बजेटमा किन ५० प्रतिशत घटाइयो माथिल्लो तामाकोशीको क्षमता ?


१७ जेष्ठ २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कूल क्षमता हो, ४५६ मेगावाट ।

सो आयोजनाले विद्युत् उत्पादन गर्ने अन्तिम तयारी गरिरकेको छ । अडिट टनेलमा पानी चुहिने समस्या आएपछि त्यसको मर्मत सम्भारको काम भइरहेको छ ।

विशेष गरी मुख्य सुरुङ जोडिने अडिट सुरुङको ढोकामा पानी चुहिने समस्या देखिएपछि त्यसको मर्मत सम्भारमा आयोजना, आयोजनाका प्राविधिक कर्मचारी तथा अन्य सरोकारवाला निकाय लागेका छन् ।

एकपटक टनेलमा पानी हालेर उपकरणको परीक्षण पनि भइसकेको छ । यो आयोजनाको कुरा भयो ।
तर कामचलाउ सरकारका अर्थमनत्री विष्णु पौडेलले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट मात्र २२८ मेगावाट बिजुली उत्पादन हुने लेखिएको छ । हेर्नोस् बजेट ।

आयोजनाको कूल क्षमता अनुसारकै बिजुली उत्पादन गर्ने तयारी गरिरहेको बेला सरकारको बजेटमा उल्लेख गरिएको २२८ मेगावाट क्षमताको विषयले आयोजनाका अधिकारी पनि तीनछक परेका छन् । सरकारले मात्रै कूल क्षमताको ५० प्रतिशत मात्रै क्षमता बुराबरको बिजुली उत्पादन हुुने उल्लेख गरेको छ ।

‘हामी पूर्णक्षमतामा बिजुली उत्पादनको तयारी गरिरहेका छौ । बजेटमा भने झण्डै ५० प्रतिशत क्षमताको बारेमा मात्रै उल्लेख गरेर अन्यौल बढाउने काम गरियो ’ आयोजनाका एक अधिकारीले भने ।

यस बारेमा सरकारी अधिकारीका तर्फबाट कुनै पनि विवरण सार्वजनिक भएको छैन ।

क्षमता नै घटाएर किन राखियो भन्ने बारेमा सबैतिर हल्लीखल्ली भएको छ । आयोजनाले अबको १५ दिनभित्र पहिलो यूनिटबाट झण्डै ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरेको छ । सरकारले तयारी गरेको आधारमा हेर्ने हो भने कूल ३ यूूनिटबाट मात्रै बिजुली उत्पादन हुन्छ भन्ने देखिन्छ ।

आयोजनामा ७६ मेगावाट क्षमताका ६ वटा यूनिट रहेका छन् । ५० प्रतिशत क्षमतामा बिजुली उत्पादन गरेर बाँकी रहेका यूनिटबाट बिजु्ली उत्पादन नहुने भन्ने हुँदैन होला त ? ऊर्जा क्षेत्रका एक जानकारको प्रश्न छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गलत विवरण पठाएका कारण माथिल्लो तामाकोशीको क्षमता कम देखाइएको हुन सक्ने अर्थमन्त्रालमा बजेट निर्माणमा संलग्न एक कर्मचारीको भनाइ छ ।

‘हामीले मन्त्रालबाट जे विवरण आउँछ, सोही राख्ने हो, क्षमताका बारेमा हामीलाई केही जानकारी छैन’ उनले भने ‘मैले पनि माथिल्लो तामाकोशीको क्षमता ४५६ मेगावाट नै हो भन्ने थाहा पाएका थिए ।’

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ००:००  १ : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping