निर्जीवन बीमा कम्पनीको १० महिनाको व्यवसाय २४ अर्ब ७० करोड, शिखर इन्स्योरेन्स अगाडि « Eglish Khabarhub

निर्जीवन बीमा कम्पनीको १० महिनाको व्यवसाय २४ अर्ब ७० करोड, शिखर इन्स्योरेन्स अगाडि


१७ जेष्ठ २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे २४ अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।

हाल निर्जीवन बीमा व्यवसाय गर्न २० वटा कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुले ०७७ असार मसान्तयता ०७७ बैशाख मसान्तसम्म २४ अर्ब ७० करोड रुपैयाँ रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समितिले जनाएको छ ।

समितिद्वारा प्राप्त तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको तथ्यांक भने समावेश गरिएको छैन ।

सो अवधिमा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रीक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ, कोरोना र अन्य विविध बीमा लेख बिक्री उक्त परिमाणमा बीमा शुल्क संकलन गरेका हुन् ।

जसमध्ये १२ वटा कम्पनीले १ अर्ब रुपैयाँदेखि ३ अर्ब १९ करोड रुपैयाँसम्म ७ वटा कम्पनीले ५२ करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म कुल बीमा शुल्क संकलन गरेका छन् ।

चालु आवको १० महिनामा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले र सबैभन्दा थोरै सानिमा जनरल इन्स्योरेन्सले कुल बीमा शुल्क संकलन गरेका छन् ।

बैशाख मसान्तसम्म शिखर इन्स्योरेन्सले ३ अर्ब १९ करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले २ अर्ब ९ करोड रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

साथै, सो अवधिमा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ८८ करोड रुपैयाँ, एनएलजीले १ अर्ब ८१ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ५२ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ५२ करोड रुपैयाँ र आइएमई जनरल इस्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

यसैगरी, बैशाख मसान्तसम्म पुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ, लुम्बिनी इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब ६ रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

सो अवधिमा हिमालयन जनरलले ९७ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ९१ करोर्ड रुपैयाँ, दि–ओरिन्टियल इस्योरेन्सले ८७ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८३ करोड रुपैयाँ, नेशलन इन्स्योरेन्सले ७२ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ५६ करोड रुपैयाँ र सानिमा जनरलले ५२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ००:००  ३ : १४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping