सोलु करिडोर प्रसारण लाइनको काम ५ वर्षमा पनि सकिएन, म्याद थप्दै ठेकेदार पोस्दै « Eglish Khabarhub

सोलु करिडोर प्रसारण लाइनको काम ५ वर्षमा पनि सकिएन, म्याद थप्दै ठेकेदार पोस्दै


१८ जेष्ठ २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडाैं । सरकारले हरेक वर्ष निर्धारण गरेको बिजुली उत्पादनको लक्ष्य पूरा भएको छैन । यसका पछाडि अनेकन तथ्य र कारण छन् । ती कारण थाहा भएर पनि त्यसलाई नजरअन्दाज गरिएको छ ।

निर्माणाधिन प्रसारण लाइन निर्माण गर्नेतर्फ कुनै पनि चासो दिइएको छैन । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल झण्डै तीन दर्जन प्रसारण लाइन निर्माण भइरहेका छन् ।

अधिकांश प्रसारण लाइन समस्यामा छन् । कतै ठेकेदारको बदमासी छ भने कतै स्थानीयबासीले जग्गा दिन मानेका छैनन् । कतै वन क्षेत्रको जग्गा प्रयोगमा समस्या छ ।

समस्यै समस्याको जञ्जालमा परेको प्रसारण लाइनको गाँठो फुकाउने काममा कुनै पनि सरकारी निकाय नलाग्नु नै सबैभन्दा दुःखद विषय बनेको छ ।

यस्तै भएको छ, निर्माणाधीन सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना । काम नसकिएपछि आयोजनाले छैटाैं पटक म्याद थपका लागि फाइल अगाडि बढाएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरेको आयोजनाले पुनः छैटौँपटक म्याद थपका लागि फाइल अघि बढाएको हो ।

सन् २०२१ मेमा काम सक्ने शर्तमा पाचौँपटक म्याद थप गरेको आयोजनाले पुनः तीन महिनाका लागि समय थप गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । उनका अनुसार जिल्लामा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी प्रसारण लाइन निर्माण गरिएको भए पनि स्थानीयवासीको अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो ।

सिरहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २९२ वटामात्रै फाउण्डेशनको काम सकिएको छ । आयोजना प्रमुख गौतमका अनुसार अन्य १० वटा टावरको फाउण्डेशन निर्माण गर्ने क्षेत्रमा भने स्थानीयवासीले अवरोध गरेका छन् ।

उदयपुरको मरुवामा १० वटा टावर निर्माण गर्नुपर्ने भए पनि स्थानीयबासीको अवरोधका कारण काम अगाडि बढाउन नसकिएको प्रमुख गौतमको भनाइ छ । उनीहरुले मुअब्जाको माग गर्दै काम अगाडि बढाउन नदिएको बताइएको छ ।

यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटर तार टाँगिएको छ । बाँकी ३० किलोमिटर सोही अवरोध हुने क्षेत्रभित्रमा पर्छ । सोलुखुम्बुको पत्तालेमा २ किलोमिटर र बाँकी मरुवामा नै तार टाँग्न बाँकी रहेको आयोजनाले जनाएको छ । प्रसारण लाइन क्षेत्रमा मुआब्जा दिनुपर्ने स्थानीयबासीको मागपछि तार तान्ने काम रोकिएको बताइएको छ ।

स्थानीयवासी र आयोजनाबीच कुरा नमिल्दा तीन महिनादेखि निर्माणको काम ठप्प बनेको छ । आयोजनाले स्थानीयवासीको चित्त बुझाउन नसक्दा सोलुखुम्बुमा उत्पादन भएको विद्युत् खेर गएको छ ।

एक वर्षअघि नै निर्माण सम्पन्न भएको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना २३.५ मेगावाटले अहिले ५ मेगावाट मात्रै उत्पादन गरिरहेको आयोजनाले बताएको छ ।

यसलाई तिङ्लामा रहेको ३३ केभी सबस्टेशनबाट ओखलढुङ्गाको रुम्जाटारमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । यो १३२ केभी प्रसारण लाइनको विकल्पका रूपमा प्रयोग गरिएको हो । यससँगै जिल्लालाई विद्युतको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा ११, ३३ र १३२ केभी सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । करिब एक वर्षअघि नै उक्त सवस्टेशन तयार भए पनि करिडोरको काममा बिलम्ब हुँदा समस्या भएको हो ।

यस्तै तल्लो सोलुखोला जलविद्युत् आयोजना ८२ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । यता सोलुखोलामा नै निर्माणाधीन अवस्थामा रहेको बेनी हाइड्रोपावर १९.५ मेगावाटको कामसमेत अन्तिम चरणमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताए ।

यी आयोजनाको काम यसअघि नै निर्माण सम्पन्न हुने भए पनि विद्युत् लाइनको काम सम्पन्न नुहँदा ढिलाइ भएको सम्बन्धित आयोजनाको दाबी छ । विद्युत् निर्माण सम्पन्न भए पनि प्रसारण लाइन नहुँदा कम जनशक्तिमा काम भइरहेको तल्लो सोलुखोला जलविद्युत् आयोजनाका कविराज पौडेलले जानकारी दिए ।

यस्तै सोलुखोला दूधकोशी हाइड्रोपावर ८६ मेगावटको काम पनि धमाधम भइरहेको छ । सोलुखोलामा मात्रै आधा दर्जन हाइड्रोपावर निर्माणाधीन अवस्थामा छन् । यी आयोजना निजी क्षेत्रको लगानीमा निर्माण हुँदैछन् ।

यदि आयोजना सम्पन्न हुने र प्रसारण लाइन तयार नहुने हो भने नेपाल विद्युत् प्राधिकरणले ४५ प्रतिशत हर्जाना तिर्नुपर्ने विद्युत् खरिद बिक्री सम्झौतामा नै उल्लेख गरिएको छ । विभिन्न बहानामा करिडोरको काम सम्पन्न नहुने हो भने सरकारलाई ठूलै घाटा हुने निश्चित छ ।

आगामी आवमा पनि १ हजार ६२९ मेगावाट बिजुली थप हुने विषयलाई बजेटमा समावेश गरिएको छ । तर, प्रसारण लाइन नबनाउने हो भने बजेमटा राखिएका कुनै पनि कार्यक्रम पूरा हुन नसक्ने चालु आव र गत आवको बजेटमा निर्धारण भएका कतिपय विषय पूरा नभएबाट पनि स्पष्ट हुन जान्छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार ००:००  १ : ०८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping