सरुवारोग अस्पताल कास्कीलाई ग्लोवल आइएमई लघुवित्तको १ लाख सहयोग « Eglish Khabarhub

सरुवारोग अस्पताल कास्कीलाई ग्लोवल आइएमई लघुवित्तको १ लाख सहयोग


१८ जेष्ठ २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पोखरा । ग्लोवल आइएमई लघुवित्त वित्तीयले कास्कीको सरुवा तथा संक्रमित रोग अस्पताललाई १ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।

संस्थाले उक्त सहयोग रकम पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीको रोहवरमा अस्पातालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई उक्त चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुखले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउँमा सहयोग गरेको बताएका थिए भने यस किसिमको सहयोगले आफूलाई पनि स्वास्थ्य क्षेत्रमा थप काम गर्ने प्रोत्साहन मिलेको वताएका थिए ।

अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले ५० बेड क्षमता भएको उक्त अस्पतालमा हाल ५१ जना कोभिडको विरामी रहेको वताएका थिए ।

गौचनले यस विषम परिस्थितिमा वित्तीय संस्थाको सहयोगलाई अस्पताल सञ्चालनमा थप सहयोग पुगेको बताउँदै संस्थालाई धन्यवाद दिएका थिए भने विगतका दिनमा पनि संस्थाद्वारा सहयोग भइरहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई वित्तीय संस्थाका कार्यकारी प्रमुख हरिकृष्ण जोशीले सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले देशव्यापी रुपमा विभिन्न शाखामार्फत् संस्थामा आवद्ध सदस्य, आम सर्वसारण, सुरक्षा निकाय, आश्रमलगायतमा स्वास्थ्य सामग्री खाद्यान्न, जिन्सी तथा आर्थिक सहयोग गर्दै आइरहेको र हालसम्म करिव १३ लाख ७५ हजारको आर्थिक सहयोग गरिसकेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार ००:००  ५ : ०५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping