काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।
बिहीबार विश्वासको मतका लागि भएको मतदानमा गुरुङको पक्षमा २७ मत खसेको छ भने विश्वासको विपक्षमा ३० मत खसेको छ । एकजना उपस्थित भएर तटस्थ बसेका थिए । साथै २ जना सांसद अनुपस्थित भएका थिए ।
प्रदेश सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ ।
SHARE YOUR THOUGHTS