उडान संख्या ५० प्रतिशत नबढ्ने गरी आन्तरिक हवाई उडान शुरू गर्ने सरकारको निर्णय « Eglish Khabarhub

उडान संख्या ५० प्रतिशत नबढ्ने गरी आन्तरिक हवाई उडान शुरू गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले आन्तरिक उडान शुरु गर्ने भएको छ । असार ७ गते बसेको मन्त्रिपरिषदको बैठकले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान शुरु गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘जनस्वास्थ्य मापदण्ड पूर्णपालना गरी अर्को आदेश जारी नभएसम्मका लागि कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान गर्ने व्यवस्था संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।

Publish on: