भारतीय मालवाहक सवारीलाई ७२ घण्टे सुविधा कटौती गर : यातायात व्यवसायी राष्ट्रिय महासंघ « Eglish Khabarhub

भारतीय मालवाहक सवारीलाई ७२ घण्टे सुविधा कटौती गर : यातायात व्यवसायी राष्ट्रिय महासंघ


२७ पुस २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भारतबाट मालसामान बोकेर नेपाल भित्रिने मालवाहक सवारी साधनलाई उपलब्ध गराइएको ७२ घण्टे अवधीको सुविधा तत्काल कटौती गर्न सरकारसँग माग गरेको छ ।

यो सुविधा कटौती नभए महासंघ कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

महासंघका महासचिब डेकनाथ गौतमले शनिबार बिज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । महासंघले भन्सार विन्दुमै सामानको लोड अनलोडको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ ।

भारतीय ढुवानी सवारी साधनलाई उपलब्ध गराइएको ७२ घण्टे सुविधाका कारण नेपाली नम्बर प्लेटको ढुवानी सवारी साधन आफ्नो व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको महासंघले औल्याएको छ । नेपालमै ६० हजारको संख्यामा ढुवानीका सवारी साधन सञ्चालनमा छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौंलाका अनुसार भारतीय सवारी साधनको तौलपुलमा तौल नगराउँदा पछिल्लो समयमा शुक्रबार साँझ गण्डकी प्रदेशको नवलपुरको दुम्कीवास बिनयी खोलामा भारतीय सवारी साधनका कारण पुलमा क्षति पुगेको महासंघले ठहर गरेको छ ।

नेपालमा १२ अर्ब रुपैयाँको लगानीमा देशभर ३ लाख ४० हजारको संख्यामा यात्रुवाहक सवारी साधन र ६० हजार ढुवानीका सवारी साधन सञ्चालनमा छन । जसमा १५ लाख संख्यामा प्रत्यक्ष र ४० लाख परिबारले अप्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार ००:००  ५ : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping