काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारको प्रारम्भिक कारोबार सत्रमा कायम रहेको ५ प्रतिशतको मूल्य परिर्वतन सीमालाई संशोधन गरेको छ ।
बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
बोर्डका अनुसार अब प्रि-ओपनिङमा यसअघि कायम भएको मूल्य परिवर्तन सीमा ५ प्रतिशतबाट घटाएर २ प्रतिशतमा झारिएको हो ।
त्यसैगरी बोर्डले न्यूनतम मूल्य परिर्वतन सीमामा पनि संशोधन गरेको छ । हाल कायम रहेको न्यूनतम मूल्य परिवर्तन सीमा १ रुपैयाँबाट घटाएर १० पैसामा झारिएको छ ।
यसको अर्थ आजका दिनमा कुनै कम्पनीको सेयर मूल्य १०० रुपैयाँ छ भने तपाईंले खरिद वा बिक्री गर्न चाहनु भयो भने कम्तीमा एक रुपैयाँको अन्तर हुनुपर्दथ्यो । अर्थात् १०० रुपैयाँको सेयर मूल्य कम्तीमा ९९ वा १०१ रुपैयाँ हुन्थ्यो भने अब तपाईंले १०० रुपैयाँको सेयर खरिद गर्नका लागि सोही रकम वा ९९ रुपैयाँ ९० पैसा वा १०० रुपैयाँ १० पैसामा खरिद वा बिक्री गर्न सक्नुहुन्छ ।
SHARE YOUR THOUGHTS