काठमाडौं । कोरोना भाइरसपछि पहिलो चरणको तीन महिनाभन्दा लामो लकडाउन सकिएर अहिले मुलुक दोस्रो चरणको महामारीमा छ । कोभिड–१९ को संक्रमण चुलिँदै गएपछि विगत पाँच महिनादेखि बन्द रहेका विद्यालयहरु कहिलेदेखि सञ्चालनमा आउँछन्, कुनै टुंगो छैन ।
यस किसिमको अन्यौलताले सिंगो शैक्षिक सत्र नै पछाडि धकेलिने चिन्ता बढ्दै गएको छ । यस्तोमा सरकारले शैक्षिक सत्रलाई प्रभावित हुन नदिन वैकल्पिक सिकाईका माध्मयबाट पढाई सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
यसको अर्थ अब अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट सञ्चालन हुने कक्षालाई नै सरकारले मान्यता दिनेछ । यस्तोमा ‘वेद सिस्टम’ अनलाइन सिकाइका लागि उपयुक्त माध्यम बनेको छ ।
जसले हाल ६ सय ५० भन्दा बढी विद्यालयलाई प्रविधिमार्फत् प्रभावकारी सञ्चालनका साथै भर्चुअल माध्यमबाट कक्षा सञ्चालनमा सहयोग पुर्याउँदै आएको छ । अनलाइन कक्षा मात्र होइन, वेदले अनलाइनबाटै गृहकार्य दिन सकिने र परीक्षा सञ्चालन गर्न सकिने प्रणाली समेत विकास गरेको छ ।
उत्कृष्ट अनलाइन सिकाइ प्रविधि र त्यसमा बिक्रीपछिको सेवालाई प्राथमिकमा राख्दै आएको वेदले अब शिक्षक तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर लाखौं मूल्यका विभिन्न उपहार समेत प्रदान गर्ने भएको छ । त्यसका लागि कम्पनीले ‘हातहातमा शिक्षा’ नामक अभियान थालेको छ ।
यो अभियान सामाजिक सञ्जाल फेसबुकमा बुधबारदेखि एक महिनासम्म चल्नेछ । यसका लागि वेदले खल्ती मोबाइल वालेटसँग सहकार्य गरेको छ । कोभिड–१९ को समयमा अनलाइन शिक्षालाई सफल बनाउन विद्यार्थी र शिक्षकले गरको योगदानलाई सम्मान गर्न कम्पनीले यो ‘हातहातमा शिक्षा’ सञ्चालनमा ल्याएको हो ।
यो योजनामा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्ड लामो भिडिओ बनाउनुपर्ने छ । जसलाई उनीहरुले आफ्नो फेसबुकमा शेयर गर्नुपर्नेछ । भिडिओमार्फत् आफ्नो अनुभव सेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट हुनेलाई ल्यापटप सहित लाखौं मूल्यका आकर्षण पुरस्कार समेत प्रदान गरिनेछ ।
कसरी सहभागी हुने ?
१. यो क्याम्पेनमा सहभागी हुन शिक्षक तथा विद्यार्थीले आफ्नो अनलाइन कक्षाको अनुभव सहितको भिडियो फेसबुकमा सबैले देख्न सकिनेगरी शेयर गर्नुपर्नेछ ।
२. यसरी बनाएको भिडिओ कम्तिमा ३० सेकण्डको हुनुपर्ने छ ।
३. वेदको फेसबुक पेज https://www.facebook.com/tryveda लाइक तथा फलो गर्नुपर्नेछ ।
४. भिडिओ पोस्ट गर्दा #HaatHaatmaShikshya #Veda #Khalti ह्यासट्याग राख्नु गर्नुपर्नेछ ।
यस्ता छन्, उपहार
१. वेद गुरु (उत्कृष्ट शिक्षक)- ४ जना शिक्षकलाई ५० हजार बराबरको ल्यापटपसँगै खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स प्रदान गरिनेछ । तर, यो पुरस्कारका लागि वेद सिस्टम प्रयोग गर्ने शिक्षक हुनुपर्नेछ ।
२. फ्युचर लिडर (उत्कृष्ट विद्यार्थी)- चार जनालाई ५० हजार रुपैयाँ बराबरको ल्यापटप र खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स ।
३. न्यु अन दि ब्लक पुरस्कार- उत्कृष्ट शिक्षक (वेद सिस्टम प्रयोग नगर्नेलाई) ५० हजार रुपैयाँ मूल्य पर्ने वेदको सब्स्क्रिप्सन एक वर्षको लागि निःशुल्क, साथमा खल्ती वालेटमा १० हजार रुपैयाँ ।
४. चार जनालाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स ।
५. साप्ताहिक पुरस्कार अन्तर्गत कारखानामार्फत नौ जनालाई विशेष पुरस्कार ।
६. हरेक सहभागीलाई खल्ती वालेटमा सय रुपैयाँ नगद ।
SHARE YOUR THOUGHTS