नियम उल्लंघन गर्ने आधा दर्जन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा « Eglish Khabarhub

नियम उल्लंघन गर्ने आधा दर्जन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा


१५ असार २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आधा दर्जन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा परेका छन् ।

यी बैंक नियमक निकायको निर्देशन विपरीत कारोबार गरेको भन्दै कारवाहीमा परेका हुन् ।

राष्ट्र बैंकले स्थलगत अनुगमनका क्रममा तोकिएको नियम विपरीत काम गर्ने बैंकहरुलाई कारवाही गरेको हो । केन्द्रीय बैंकको कारबाहीमा पर्नेमा प्रभु बैंक, सिभिल बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड र लक्ष्मी बैंक छन् ।

राष्ट्र बैंकको कारवाहीमा लक्ष्मी बैंक पहिलो त्रैमासमा, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक दोस्रो त्रैमासमा र सिभिल बैंक, प्रभु बैंक तेस्रो त्रैमासमा कारवाहीमा परेका हुन् ।

पछिल्लो पटक कारवाहीमा परेको प्रभु बैंक र सिभिल बैंकले नीति नियम विपरीत कारोबार गरेको पाइएपछि नियम अनुसारको कारवाही गरिसकेको राष्ट्र बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले बताए ।

‘सिभिल बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी र ऋणीसँग अप्रत्यक्ष कारोबार गरेको पाइएपछि कारवाहीमा गरिएको हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘प्रभु बैंकले भने नियम विपरीत रेमिट्यान्स सम्बन्धी कारोबार गरेको हुँदा कारवाही गरिएको हो ।’

राष्ट्र बैंकले सिभिल बैंकलाई एएमएल सेफ्टी सम्बन्धी नियम उल्लंघन गरे वापत १० लाख रुपैयाँ जरिवाना तिराएको छ । साथै, ऋणीसँग अप्रत्यक्ष कारोबार गर्दा संस्थागत सुशासन सम्बन्धी व्यवस्था पालना नभएको हुँदा बैंकका अध्यक्ष इच्छाराज तामाङ नसिहत दिएको उनले जानकारी दिए ।

यसैगरी, प्रभु बैंकले एकीकृत निर्देशिकामा उल्लेखित व्यवस्था विपरीत प्रभु मनि ट्रान्सफर र बैंकबीच कारोबार गरेको थियो । जसकारणले गर्दा राष्ट्र बैंकले बैंकका सञ्चालकहरु र सीइओलाई बोलाएर सचेत गराइएको भट्टले जानकारी दिए ।

राष्ट्र बैंकले बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन, तत्कालीन सञ्चालकहरु रमेश सिंह खड्का, अम्बिका शर्मा, पुष्पबहादुर प्रधान, दक्ष पौडेल र सीइओ अशोक शेरचनलाई बोलाएर सचेत गराएको हो ।

यस्तै, गत पुष मसान्तसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंक २ पटक राष्ट्र बैंकको कारवाहीमा परेको छ । बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा प्रवाह नगर्दा राष्ट्र बैंकले ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ हर्जना तिराएको थियो ।

साथै, बैंकलाई राष्ट्र बैंकले पुनः कर्जा प्रवाह गर्दा आवश्यक कागजात पूरा नलिएर प्रवाह गरेकोे पाइएपछि सचेतसमेत गराइएको सुपरीवेक्षण विभागले जानकारी दिएको छ ।

राष्ट्र वाणिज्य बैंकले सरकारको खातामा पठाउनु पर्ने पैसा समयमा नै नपाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई राष्ट्र बैंकले सचेत गराएको हो ।

साथै, ग्लोबल आइएमई बैंकले राष्ट्र बैंकले तोकेअनुसार कर्जा प्रवाह गर्दा कर चुक्ता गरेको प्रमाणपत्र नलिइकनै कर्जा प्रवाह गरेको पाइएपछि बैंकलाई आगामी दिनमा सो कार्य नगर्न सचेत गराइएको उनले जानकारी दिए ।

पहिलो त्रैमासमा कारवाहीमा परेको लक्ष्मी बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन उल्लंघन गरेको वापत २० लाख रुपैयाँ जरिवाना तिरेको छ ।

निषेधाज्ञाको कारण अहिले राष्ट्र बैंकको स्थलगत सुपरीवेक्षण स्थगित गरिएको छ । सो अघिसम्म राष्ट्र बैंकले ८ वटा वाणिज्य बैंकहरुको स्थलगत सुपरिभिजन सकेको थियो ।

जसमा प्राइम, सिद्धार्थ, मेगा, ग्लोबल आइएमई, प्रभु, सिभिल, स्टयाण्डर्ड चार्टर्ड र लक्ष्मी बैंक हुन् । कारवाहीमा पर्ने बैंकहरु वाहेक अन्य बैंकहरुमा उल्लेखनीय समस्या नदेखिएको कार्यकारी निर्देशक भट्टले बताए ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार ००:००  ४ : १६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping