काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदीका तर्फबाट उक्त कम्पनीका प्रमुख बजार ब्यवस्थापक अणुपमनि ढकाल हस्ताक्षर गरे ।
सम्झौता अनुसार टाटा एससीभी काग्रो एण्ड पिक अप भेहिकल ब्राण्डको नयाँ गाडी खरिद गर्न चाहनेले गाडीको वास्तविक मूल्यको ७० प्रतिशतसम्म बिना धितो कर्जा सुविधा बैंकका शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुबाट सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ३ दिनभित्र उक्त गाडी खरिदका लागि कर्जा प्रदान गरिने बैंकको दावी छ । यस सेवा अन्तर्गत ग्राहकले बैंकको हाल सञ्चालनमा रहेका ९५ वटै शाखाहरुबाट यस किसिमको कर्जा प्रदान गरिने विज्ञप्तिमार्फत् बैंकले जानकारी गराएको छ ।
प्रतिक्रिया