काठमाडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा बुधबार ४ सय रुपैयाँले बढेर ९२ हजार २ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कामय भएकोमा बुधबार ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS