काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको रोजगार अनुमति प्रणाली (इपीएस) कार्यालयले ५ हजार डलरको कोभिड-१९ को बीमा गर्न इच्छुक बीमा कम्पनीहरूलाई दर्ता हुन आह्वान गरेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ को बीमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो ।
कार्यालयले इपीएस सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने कामदाहरूको कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि सो रकमको बीमा गराउनुपर्ने तोकिएको छ । जसमा कोरिया सरकारले गत वर्षबाट श्रमिकहरूको अनिवार्य कोभिड–१९ को बीमा गर्नुपर्ने व्यवस्था गरेकाले नेपालले आन्तरिक रुपमा सो रकम बराबरको बीमा गर्ने कम्पनीहरूलाई सूचिकृत हुन सूचना जारी गरेको इपीएस शाखामा निर्देशक इन्द्र गौतम बताउँछन् ।
उनका अनुसार गत वर्ष कोरिया सरकारले अनिवार्य गरे पनि कोभिड-१९ को कारण नेपालबाट कोरिया जानेबारे हालसम्म कुनै टुङ्गो लागेको छैन । साथै, कोरिया सरकारले नेपालले रेड जोनबाट अहिले एल्लो जोनमा राखेको हुनाले शाखाको आन्तरिक कार्य अगाडि बढाएको बताए । त्यस्तै, बीमा कम्पनीहरूलाई ५ हजार डलरको प्रिमियम तोकेको अवस्थामा श्रमिकले अधिकतम १० हजार सम्मको बीमा शुल्क तिर्नपर्ने उनको अनुमान छ ।
साथै, शाखा कार्यालयले उक्त तोके बमोजिमको बीमा प्रिमियम वापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा प्रदान गर्न इच्छुक बीमा कम्पनीहरूले साउन ७ गतेभित्र कोरिया शाखामा सूचिकृत संस्था दर्ताको लागि आधिकारिक कागजातको प्रतिलिपिसहित निवेदन दिन आग्रह गरेको छ ।
SHARE YOUR THOUGHTS