काठमाडौं । लगातार घटिरहेको सेयर बजारका लगानीकर्तामा उत्साह देखिएको छ । बिहीबार उकालो ग्राफ समातेको सेयर बजारले आइतबार पनि त्यसैलाई निरन्तरता दिँदै लगानीकर्ताको आशा बढाएको छ ।
आइतबारको कारोबारमा नेप्से परिसूचक ७४.७१ अंकले बढेर २८९९.८२ विन्दुमा बन्द भएको छ ।
यो दिन ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाा ३९ पैसामा कारोबार भएको छ । यो दिन २०२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । त्यसैगरी १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
लगानीकर्ताको आकर्षण विकास बैंक र फाइनान्स कम्पनीमा बढी देखिएको छ । सबइन्डेक्सतर्फ विकास बैंकमा ८.२९ प्रतिशतले वृद्धि देखिँदा फाइनान्सतर्फ ८.३७ प्रतिशत बढोत्तरी देखिएको छ । बाँकी अन्य सब इन्डेक्स पनि बढेका छन् ।
यो दिन गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट कम्पनी, आइसीएफसी फाइनान्सको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, ओरियन्टल होटल्स प्रालिलगायतका कम्पनी छन् ।
कुन कम्पनीको सेयर मूल्य कतिले बढ्याे ?
SHARE YOUR THOUGHTS