
काठमााडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएकोमा बुधबार ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार ९२ हजार रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ रहेकोमा बुधबार २० रुपैयाँ घटेर १२ सय ६० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS