
काठमाडौं । बिहीबार यातायात व्यवसायीहरुको विरोध र्यालीका कारण काठमाडौं उत्यकाको ट्राफिक अस्तव्यस्त भएको छ ।
नेपाल सार्वजनिक यातायात केन्द्रीय महासंघले सरकारसँग राखेको ७ बुँदे माग पूरा गर्न बिहीबार बिरोध र्याली गरेको थियो । जसका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको हो ।
बिरोध र्याली कलंकीबाट शुरु भइ चक्रपथ परिक्रम गरेको थियो । बस, ट्रक, ट्याक्सी, माइक्रोबस, मिनीबसलगायतका सार्वजनिक यातायातमार्फत् विरोध र्याली गर्दा चक्रपथमा ट्राफिक जाम भएको हो ।
महासंघले असार २३ गते सरकार समक्ष ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । गृह, भौतिक पूर्वाधार तथा यातायात र स्वास्थ्यमन्त्रीलाई महांसघले ज्ञापनपत्र बुझाएको थियो ।
यातायात क्षेत्रका कार्यरत मजदुर तथा व्यवसायीलाई कोभिडको भ्याक्सिन, वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, ट्याक्सीको मिटर फ्ल्याग डाउन गरेर चलाउन दिनुपर्ने, मैद्रिक नीति यातयात व्यवसायी मैत्री हुनुपर्ने, २० वर्ष पुराना गाडीको म्याद थपलगायत महासंघको माग छन् ।
SHARE YOUR THOUGHTS