
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा बाग्मति प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरुवात गरेको छ ।
वित्तीय संस्थाको शाखा कार्यालयहरु थप भएपछि १३ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्शन काउन्टरहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह गरिनेछ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाहरुले जनकपुर तथा पाँचखालका नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाहलगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एटीएम, मोबाइल बैंकिङ, इ–बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिट्टै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।
फाइनान्सले केही दिनभित्र नै देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रहरुमा थप ३ वटा शाखाहरु तथा एक बिस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।
SHARE YOUR THOUGHTS